मान्डवि र सिर्जुको तीज गीत- हाई मेरी पियारी

काठमाडौं। मान्डवि त्रिपाठी र सिर्जु अधिकारीको तीज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक भएको छ।

करन न्यौपानेको शब्द संगीत रहेको गीतमा रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भीम पौडेलको अभिनय छ।

अशोक विकको निर्देशन तथा कोरियोग्राफीमा बनेको गीतको भिडिओलाई रविन विकले सम्पादन गरेका छन्।

विपिन आचार्यको एरेन्ज रहेको गीतमा वीरेन्द्र भट्ट सिनेम्याटोग्राफी गरेका हुन्।

गीतमा दिदीबहिनीबीच तीजमा माइत जान नपाएको कुरालाई उठान गरिएको छ।

कोरोना महामारीका कारण श्रीमान बिरामी हुँदा माइत आउन नपाएको बहिनीलाई दिदीले अर्को वर्षको तीजमा रमाइलो गरौंला भन्ने सन्देश दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्