काठमाडौं। बलिउड नायिका शिल्पा शेट्टी अब शाकाहारी बनेकी छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले ४५ वर्षपछि शाकाहारी बनेको बताएकी छन्। उनले फार्मबाट अर्गानिक तरकारी टिप्दै गरेको भिडिओ बनाउँदै शाकाहारी हुनुको कथा भनेकी छन्।
शिल्पाले लेखेकी छिन्, ‘यो निर्णय मेरो लागि कठिन थियो तर, असम्भव भने थिएन। अब मैले शाकाहारीलाई अपनाइसकेकी छु। प्राथमिक चरणमा म पर्यावरणमा आफ्नो कार्वन फुटप्रिन्ट्स कम गर्न चाहन्छु। पछिल्ला वर्षहरूमा मैले महसुन गरेकी, पशुलाई मारेर केवल जंगललाई मात्र हानी पुगिरहेको छैन, कार्बनडाइअक्सायईड, मिथेन तथा नाइट्रो अक्साईडको स्रोत पनि यही हो। हाम्रो ग्रह जलवायु परिवर्तनको सामना गरिरहेको यसको प्रमुख कारण हामी जिम्मेवार छौं।’
शाकाहारी बन्दा जनावर पनि फाइदामा रहने उनको भना छ। ‘शाकाहारीबाट हृदयघात, डायबेजिट जस्ता रोगबाट पनि बच्न सकिन्छ। त्यसैले मैले प्रकृतिलाई फिर्ता दिने निर्णय गरेकी हुँ’, उनले भनेकी छन्। उनी सानैदेखि माछा मासु एकदमै मन पराउँथिन्। माछा मासुबिना उनको खाना पनि अधुरो हुन्थ्यो। जबदेखि उनले योग गर्न थालिन् त्यसपछि भने माछा मासु उनको प्राथमिकतामा परेन। ४५ वर्षपछि यो सम्भव भयो।
मांसाहारी हुनुको नाताले आफ्नो युट्युब च्यानलमा रहेको मांसाहारी डिसलाई डिलिट नगर्ने उनको बताएकी छिन्। तर, अब भने आफ्नो ध्यान पुरै शाकाहारी चिजमा मात्र लगाउने बताइन्।
" /> काठमाडौं। बलिउड नायिका शिल्पा शेट्टी अब शाकाहारी बनेकी छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले ४५ वर्षपछि शाकाहारी बनेको बताएकी छन्। उनले फार्मबाट अर्गानिक तरकारी टिप्दै गरेको भिडिओ बनाउँदै शाकाहारी हुनुको कथा भनेकी छन्।शिल्पाले लेखेकी छिन्, ‘यो निर्णय मेरो लागि कठिन थियो तर, असम्भव भने थिएन। अब मैले शाकाहारीलाई अपनाइसकेकी छु। प्राथमिक चरणमा म पर्यावरणमा आफ्नो कार्वन फुटप्रिन्ट्स कम गर्न चाहन्छु। पछिल्ला वर्षहरूमा मैले महसुन गरेकी, पशुलाई मारेर केवल जंगललाई मात्र हानी पुगिरहेको छैन, कार्बनडाइअक्सायईड, मिथेन तथा नाइट्रो अक्साईडको स्रोत पनि यही हो। हाम्रो ग्रह जलवायु परिवर्तनको सामना गरिरहेको यसको प्रमुख कारण हामी जिम्मेवार छौं।’

">