काठमाडौं। साँझ पर्नसाथ काठमाडौंका दोहोरी साँझमा लोकभाका घन्किन थाल्थे। ग्राहकहरू लोकलयमा झुम्थे। गायक गायिकाको स्वरमा उनीहरू साथ हुन्थ्यो। त्यसमा बाद्यवादन पनि थपिन्थ्यो। जसले गर्दा पूरै दोहोरी साँझमा छुट्टै खालको मनोरञ्जन पैदा हुन्थ्यो। तर, हिजो- आज दोहोरी साँझका ढोकामै ताल्चा लागेको छ। गत चैतबाट लागेको ताल्चा अझै खुल्न सकेको छैन।
चार महीनादेखि रात्री माहोल बन्द छ। काठमाडौंका सुन्धारा, गोंगबु, चाबहिल, ठमेललगायत क्षेत्रका दोहोरी साँझ बन्द छन्। ती क्षेत्र अहिले सुनसान छन्। बागलुङकी शर्मिला बिसी हरेक साँझ ६ बजे कमलपोखरीस्थित् गण्डकी दोहोरी साँझमा पुगिसक्थिन्। त्यहाँ पुगेसँगै उनको गलाले दोहोरी भाका गुनगुनाउन थाल्थ्यो। तर, अचेल भने उनी घरायसी जीवन बिताइरहेकी छन्। दोहोरी साँझ बन्द भएसँगै उनी घरमै छन्।
उनी अब काठमाडौं फर्किएर पुरानै काममा फर्किने कि कुनै नयाँ काम थाल्ने भन्नेमा सोचिरहेकी छन्। “दोहोरी साँझहरू तत्काल खुल्ने सम्भावना छैन। अब त्यत्तिकै बस्नुभन्दा अर्को काम गर्नुपर्ला,” गायिका बिसीले भनिन्। सिन्धुपाल्चोककी कविता खत्री पनि दोहोरी साँझमा गाउन थालेको दुई वर्ष बढी भयो। काठमाडौंमा बसेर भाइबहिनीलाई पढाउँदै आएकी उनी गायन क्षेत्रबाटै आफ्नो भविष्यको यात्रा कोर्दै थिइन्। तर, कोरोना महामारीले सबै चौपट बनायो।

आफ्नो कलालाई थप बलियो बनाउनका लागि उनी दोहोरी साँझमा गाउँदै आएकी थिइन्। तर, दोहोरी साँझ नै बन्द भएपछि अब के गर्ने भन्नेमा उनी सोच्न सकिरहेकी छैनन्। केही समय सिन्धुपाल्चोक बसेर काठमाडौं फर्किएकी उनी अवस्था सहज नहुँदासम्म के काम गर्ने भन्नेमा सोच्न थालेकी छन्। “अहिलेसम्म त पहिला कमाएकै पैसाले धानिरहेकी छु। अब थप यस्तै अवस्था रह्यो भने के गर्ने? अरू कुनै काम गर्नेबारे सोच्दैछु,” उनले भनिन्।
गायिका सीमा भण्डारीले अब दोहोरी साँझको पछि लाग्नुभन्दा अर्कै पेशा अँगाल्ने सोच बनाएकी छन्। दोहोरी साँझमा काम गर्ने कलाकारहरू यो पेशाबाट पलायन हुन थालेको भन्दै अब आफूले पनि सोच्नुपर्ने बेला आएको बताइन्। काठमाडौं उपत्यकामा ८० भन्दा बढी दोहोरी साँझ छन्। तिनीहरूमा काम गर्ने कलाकारमात्र एक हजार ५०० को हाराहारीमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले जनाएको छ।
प्रतिष्ठानअन्तर्गत रहेको उपत्यका समन्वय समितिका अध्यक्ष सिजन लम्सालले धेरैजसो कलाकार पेशाबाट पलायन हुन थालेको बताए। बालबच्चा भएकाहरू दोहोरी साँझ कहिले खुल्ने भन्ने टुंगो नहुँदा अर्को काम गर्न थालेको उनको भनाइ छ। स्थापित कलाकार नै संकटमा रहेका बेला लोकदोहोरीमा करिअर खोजिरहेकाहरूको अवस्था दयनीय रहेको उनको भनाइ छ। कलाकारहरू अर्को सीपमूलक काममा आबद्ध हुन थालेको भन्दै उनले भने, “विशेषगरी महिला कलाकारहरू सिलाइकटाइ तथा अन्य काम गर्न थालेका छन्। त्यस्तै पुरूष कलाकारहरू पनि अन्य काममा जान थालेका जानकारी आएको छ।”

दोहोरी साँझ बन्द भएपछि काठमाडौं उपत्यका नजिक घर भएकाहरू घर फर्किए पनि जान नसक्नेहरू समस्यामा परेको प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए। “बालबच्चा भएकाहरू गाउँ फर्किन पाएका छैनन्। बालबच्चाको पढाइका कारण पनि उनीहरू यही बस्न बाध्य छन्। उनीहरू बढी समस्यामा छन्। समस्या परेपछि अर्को काम गर्नतिर लागेका छन्,” अध्यक्ष बीजीले भने।
दोहोरी साँझका आफ्नै व्यथा
बैंकबाट ऋण लिएर दोहोरी चलाइरहेका दोहोरी साँझ समस्यामा परेका छन्। एकातिर बैंकको ब्याज तिर्नुपर्ने समस्या छ भने अर्कोतिर भाडा तथा कर्मचारीलाई सहयोग गर्न पनि समस्या छ। राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले किस्ता बुझाउन बैंकले ताकेता गरिरहेको बताए।
ठमेलमा रहेको नगरकोट दोहोरी साँझ र माछापोखरीमा रहेको राजधानी दोहोरी साँझका सञ्चालकसमेत रहेका श्रेष्ठ व्यवसाय नै चाैपट परेको बताउँछन्। “अहिले न काम गर्न सकिएको छ, न त किस्ता तिर्न सकिएको छ। बैंकबाट तारन्तार ताकेता आइरहेको छ,” श्रेष्ठले भने।
अन्य व्यवसायजस्तै दोहोरी साँझलाई पनि आंशिक रूपमा खोल्न अनुमति दिनुपर्ने उनको भनाइ छ। स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्न दिनुपर्ने उनको माग छ।
" /> काठमाडौं। साँझ पर्नसाथ काठमाडौंका दोहोरी साँझमा लोकभाका घन्किन थाल्थे। ग्राहकहरू लोकलयमा झुम्थे। गायक गायिकाको स्वरमा उनीहरू साथ हुन्थ्यो। त्यसमा बाद्यवादन पनि थपिन्थ्यो। जसले गर्दा पूरै दोहोरी साँझमा छुट्टै खालको मनोरञ्जन पैदा हुन्थ्यो। तर, हिजो- आज दोहोरी साँझका ढोकामै ताल्चा लागेको छ। गत चैतबाट लागेको ताल्चा अझै खुल्न सकेको छैन।चार महीनादेखि रात्री माहोल बन्द छ। काठमाडौंका सुन्धारा, गोंगबु, चाबहिल, ठमेललगायत क्षेत्रका दोहोरी साँझ बन्द छन्। ती क्षेत्र अहिले सुनसान छन्। बागलुङकी शर्मिला बिसी हरेक साँझ ६ बजे कमलपोखरीस्थित् गण्डकी दोहोरी साँझमा पुगिसक्थिन्। त्यहाँ पुगेसँगै उनको गलाले दोहोरी भाका गुनगुनाउन थाल्थ्यो। तर, अचेल भने उनी घरायसी जीवन बिताइरहेकी छन्। दोहोरी साँझ बन्द भएसँगै उनी घरमै छन्।

">