काठमाडौं। नेपालमा राजेश हमाललाई महानायकका रूपमा लिइन्छ।
चार दशकभन्दा बढी लामो समय चलचित्र क्षेत्रमा सक्रिय रहेका हमाललाई धेरैले आफ्नो गुरू मान्छन्।
तर, कतिपयले भने हमाललाई कसरी महानायक मान्ने भन्दै प्रश्न पनि उठाउने गरेका छन्।
यही भीडमा कलाकार दीपाश्री निरौलाले हमाललाई कसरी महानायक मान्ने भन्दै प्रश्न उठाइन्। सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार बनेपछि अन्ततः उनले माफीसमेत मागिन्।
उनको पक्षमा उभिए, कलाकार दीपकराज गिरी। उनले घुमाउरो पारामा दीपाको प्रश्नमा समर्थन जनाएपछि उनी पनि विवादमा तानिए।
सामाजिक सञ्जालमा उनी पनि ट्रोलको शिकार बनेपछि उनले आफू महानायक नभएको प्रस्टीकरण दिए। सामाजिक सञ्जालमार्फत् उनले आफ्नो लक्ष्य कहिले पनि महानायकतिर नमोडिएको बताएका छन्।
उनले लेखेका छन्, “जबदेखि म कलाकार भएँ, हरि दाइ, मदन दाइ र सन्तोष पन्त दाइजस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे। मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घर तिर मोडिएन।”
आफ्नो गल्तीबिना आफूलाई जबर्जस्ती महानायक बनाउने काम भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
असत्य चिच्याई-चिच्याई बोलेर भीड जम्मा गरिरहेको भन्दै सत्यले चुपचाप आफ्नो बाटो हिंड्नु राम्रो भएको बताएका छन्।
" /> काठमाडौं। नेपालमा राजेश हमाललाई महानायकका रूपमा लिइन्छ।चार दशकभन्दा बढी लामो समय चलचित्र क्षेत्रमा सक्रिय रहेका हमाललाई धेरैले आफ्नो गुरू मान्छन्।

">