काठमाडाैं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम चलचित्रको ट्रेलर रिलिज भएको छ।
उनले अभिनय गरेको अन्तिम चलचित्र ‘दिल बेचारा’को ट्रेलर आज सार्वजनिक गरिएको हो।
उनको फ्यान उक्त चलचित्रको लागि प्रतीक्षामा थिए। युट्युबमा अपलोड भएको दुई घण्टामा चार लाख ८४ हजारभन्दा बढीले हेरेका छन्।
उक्त अवधिमा १० लाख जनाले लाइक गरेका छन्। यो चलचित्र २४ जुलाईमा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ।
सबस्क्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउनेछन्। दुई मिनेट ४३ सेकेण्डको ट्रेलरमा सुशान्त र अभिनेत्री सन्जना सांघीलाई देखाइएको छ।
जन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ र यही नामको हलिउड फिल्ममा आधारित छ। यो फिल्म २९ नोभेम्बरमा रिलिज हुने भनिएको थियो। तर, मिति सर्दैसर्दै ८ मे २०२० मा हुने भएको थियो।
यही बीच कोरोना महामारी फैलियो र सिनेमा हलहरू बन्द भएसँगै हलमा रिलिज रोकिएको हो। सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए।
" /> काठमाडाैं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम चलचित्रको ट्रेलर रिलिज भएको छ।उनले अभिनय गरेको अन्तिम चलचित्र ‘दिल बेचारा’को ट्रेलर आज सार्वजनिक गरिएको हो।

">