काठमाडौं। निर्माता तथा अभिनेता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लागेको छ।
चलचित्र यात्राका क्रममा भुवनले ‘ह्यारेसमेन्ट’ गरेको भन्दै सामाजिक सञ्जालमार्फत् उनको विरुद्धमा आवाज उठ्न थालेको हो।
नायिका साम्राज्ञी आरएल शाहले उनीमाथि शोषणको आरोप लगाएकी छन्। जुन विषयमा यतिबेला चलचित्र कलाकार संघले छानबिन गरिरहेको छ।
उक्त घटनाको किनारा लाग्न नपाउँदै केसीमाथि अर्की महिलाले पनि दुर्व्यवहारको आरोप लगाएकी छन्।
क्यानडामा बसेर करिअर कन्सल्ट्यान्टको काम गर्दै आएकी स्वेता रेग्मीले यस्तो आरोप लगाएकी हुन्।
साम्राज्ञीमाथि दुव्र्यवहारमा परेकै बेला किन नबोलेको भन्दै प्रश्न उठिरहेका बेला रेग्मीले उनको समर्थन गरेकी छन्।
२ जुलाईमा भुवन केसीसँग गरेको फेसबुक च्याटको ‘स्क्रिनसट’ शेयर गर्दै आफूलाई पनि दुर्व्यवहार आशयको कुराकानी गरेको बताएकी छन्।
उनले शेयर गरेको स्क्रिनसटमा केसीले ‘चलचित्रको लागि अवसर दिन्छु, तिमी राम्री छौ’लगायतका कुराहरू पठाएको बताएकी छिन्।
उक्त स्क्रिनसटपछि उनले ३ जुलाईमा भिडिओ लाइभमार्फत् आफूसँग भएको घटनाबारे जानकारी गराएकी छन्।
भुवनको बोल्ने शैलीले अरूलाई समेत अप्ठ्यारो महसुस हुने भन्दै उनले भनिन्, “उहाँको कुराकानीको स्क्रिनसट हेरेर मेरो छोराले पनि बोल्ने शैली भएन भनेको छ।”
साथै, उनले साम्राज्ञीको पक्ष लिँदै पाँच वर्षअघिको घटना आज निकालेको भनेर प्रश्न गर्न नहुने बताएकी छन्।
उनले भनिन्, “मान्छे आफ्नो जीवनमा अगाडि बढ्न खोजिरहेको हुन्छ। अगाडि आफ्नो करिअरलाई बढाउन खोजिरहेको हुन्छ।”
उनले आफूमाथि करिअर अगाडि बढाउने क्रममा भए/हुने गरेको शोषणबारे तत्काल नै प्रतिक्रिया जनाउने सम्भावना कम हुने बताएकी छन्। “आफ्नो करिअरको चिन्ता, सम्बन्धित निर्माता तथा निर्देशकसँग भएका एग्रिमेन्टलगायतका विषयमा तत्काल बोल्न पनि सक्दैनन्”, उनले भनिन्, “शोषणमा परेको विषय जुनसुकै बेला बोल्दा केही फरक पर्दैन।”
भुवनको विपक्षमा आवाज उठ्दै
साम्राज्ञीले उठाएको आवाजमा चलचित्र क्षेत्रका धेरैले समर्थन जनाउँदै आएका छन्।
उनको यो अभियानमा नायिका केकी अधिकारी, निशा अधिकारी, वर्षा सिवाकोटी, वर्षा राउत, सुरक्षा पन्तलगायतका अभिनेत्रीहरूले खुलेरै सहयोग गरेका छन्। उनीहरूले साम्राज्ञीलाई जुनसुकै हालतमा पनि पछि नहट्न भनेका छन्।
नेपालमा फेरि मिटू मुभमेन्टले चर्चा पाएको छ। चलचित्रमा काम गर्ने धेरैले शोषणको पीडा खेपिरहेको भन्दै यसको समाधान हुनुपर्ने केकीको भनाइ छ।
संघमा छलफल जारी
उजुरीका सम्बन्धमा कलाकार संघले छलफल जारी राखेको छ।
कलाकारहरूको हकहितका लागि स्थापना भएको संघले दुवै पक्षसँग फोन सम्पर्क गरेर घटनाबारे बुझिरहेको चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए।
“संघमा भुवन केसीको तर्फबाट उजुरी परेको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ। अहिलेसम्मको घटनाक्रम हेर्दा दुवै पक्षबीच असमझदारी देखिएको छ,” अध्यक्ष खड्काले भने, “छलफलमार्फत् दुवै पक्षबीच सहमति गराइन्छ। सहमति नभए कानूनी बाटोमा अगाडि जान भन्छौं।”
बाहिर होहल्ला तथा मिडियामा गएर जथाभाबी बोलेर हिँड्नुभन्दा समस्यामा परेको खण्डमा संघमा उजुरी दिन सबै कलाकारसँग उनले आग्रह गरेका छन्।
" /> काठमाडौं। निर्माता तथा अभिनेता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लागेको छ।चलचित्र यात्राका क्रममा भुवनले ‘ह्यारेसमेन्ट’ गरेको भन्दै सामाजिक सञ्जालमार्फत् उनको विरुद्धमा आवाज उठ्न थालेको हो।

">