काठमाडाैं। चर्चित गायक उदितनारायण झा बलिउडमा प्रवेश गरेको ४० वर्ष पूरा भएको छ।
गायन यात्राका क्रमले उनले धेरै पटक धम्कीको सामान गर्नुपरेको थियो।
सन् १९९८ मा चलचित्र ‘कुछ कुछ होता हे’ हिट भएपछि उनलाई पैसा माग्दै फोन आउन थालेको बताएका हुन्। २२ वर्षसम्म निरन्तर धम्कीको सामना गर्नुपरेको उनको भनाइ छ।
भारतीय मिडियासँग कुरा गर्दै झाले २२ वर्षसम्म निरन्तर धम्की आएको उनले बताए। उनले फोनमा आफूलाई काम छाड्नका लागि धम्की समेत आएको खुलासा गरे।
एउटा समूहले मार्नका लागि आफ्नो नामको सुपारी नै लिएर बसेको उनको भनाइ छ। असुरक्षा बढेको भन्दै मुम्बई प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि दुईजना सुरक्षा गार्डको प्रबन्ध मिलाइएको थियो।
गत वर्षसम्म पनि धम्की आइरहेको र २२ वर्षसम्म आफूले डराएरै जिन्दगी बिताएको उनी बताउँछन्।
करिअरको सुरूआतमा निकै समस्या भएको र पछि धम्कीका कारण डिप्रेशनमा समेत गएको उनले बताए। कहिलेकाहीँ आत्महत्याको सोच पनि आउने गरेको उनले बताए।
झाका अनुसार सन् २०११ मा मुम्बईको सहारा इन्टरनेशनल एअरपोर्ट नजिकै सरस्वती पूजा गर्दै थिए। त्यही बेला फोनमा लखनउबाट मार्नका लागि केही मानिसहरू आएको जानकारी गराइएको थियो।
राति टेलिभिजन हेर्दा उनलाई मार्न भनेर आएकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
" /> काठमाडाैं। चर्चित गायक उदितनारायण झा बलिउडमा प्रवेश गरेको ४० वर्ष पूरा भएको छ।गायन यात्राका क्रमले उनले धेरै पटक धम्कीको सामान गर्नुपरेको थियो।

">