त्यस्तै नायिका साम्राज्ञी आरएल शाहले निर्माता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाउँदै चर्चामा आएकी छिन्। चलचित्र यात्राको क्रममा केसीले दुर्व्यवहार गरेको आरोप लगाउँदै साम्राज्ञी अब कानूनी प्रक्रियाबाट अगाडि बढ्ने बताउँदै आएकी छिन्।
आफ्नो मानमर्दन हुने कार्य गरेको भन्दै केसीले चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन्। उनले कानूनी प्रक्रियामार्फत साईबर क्राइम तथा मानहानी कानून अनुसार अगाडि बढ्ने पनि बताएका छन्।
एकासमय निकै चर्चामा रहेका दुई अभिनेता विवादमा तानिएपछि चलचित्र क्षेत्र चर्चामा आएको छ। पक्ष विपक्षमा बहस नै छेडिएको छ।
यसैबीच नायिका पूजा शर्माले राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रले पाउनु हाम्रो लागि गौरबको विषय भएको बताएकी छिन्। दीपाश्री र साम्राज्ञीले दुई अभिनेतामाथि आरोप लगाउँदै गर्दा पूजाको भनाईले महत्व राखेको छ।
फेसबुकमा बलिउड अभिनेता साहरुख खानको काँधमा अमिताभ बच्चनले हात राखेको तस्बिर पोष्ट गर्दै पूजाले लेखिन्, "साहरुख खानले अमिताभ बच्चनको काँधमा हात राख्नुपर्ने थियो। सुटका क्रममा साहरुख निकै डराएका थिए। किनकी, अमिताभ जस्ता महान् कलाकारको काँधमा हात राख्दा साहरुखले सहज महशुश गरेका थिएनन्। बलिउडका विभिन्न कालखण्डका यी महान् हस्तीहरू एक अर्कालाई उच्च सम्मान गर्छन्। आज बलिउडमा प्रवेश गर्ने हरेक नयाँ कलाकार यी हस्तीहरुको अगाडि नतमस्तक छन्।"
नेपाली चलचित्र क्षेत्रलाई पनि तातेताते गर्दै डोर्याएर यो स्थानसम्म ल्याइपुर्याउने राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठप्रति आफ्नो उच्च सम्मान रहेको उनले बताएकी छन्। उनीहरू जस्ता कलाकारकै कारण आज आफूहरुलाई कलाकार भनेर चिनिने मौका मिलेको पनि बताएकी छन्।