काठमाडौं। अभिनेना ऋतिक रोशन र अभिनेत्री आलिया भट्टसहित बलिउडका केही सिनेकर्मीलाई सिने क्षेत्रको प्रतिष्ठित एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड सान्सेस ओस्कार ले बोलाएको छ। एकेडेमीले आमन्त्रित सदस्यहरूको सूची सार्वजनिक गरेको छ। सदस्य स्वीकार गरेपछि उनीहरूलाई ९३ औं ओस्कर अवार्डमा भोटिङ गर्न आमन्त्रण गरेको हो।
८१९ जना आमन्त्रित गरिएका व्यक्तिहरूमा डिजाइनर नीता लुल्ला, डकुमेन्ट्री चलचित्र निर्माता निष्ठा जैन तथा अमित मधेशिया, कास्टिङ डायरेक्टर नन्दिनी श्रीकान्त तथा टेस जोसेफ लगायत छन्।
९३ औं ओस्कार अवार्ड २५ अप्रिल २०२१ मा आयोजना गरिदैंछ। यस वर्षको ओस्कार मिति २८ फेब्रुअरीलाई तोकिएको थियो। तर, कोरोना महामारीका कारण स्थगित भएको थियो।
९३ वर्षमा प्रवेश गरेको ओस्कार अवार्ड अहिलेसम्म तोकिएको मितिलाई चार पटक स्थगित भएको छ। १९३८ मा लस एञ्जलसमा आएको बाढीका कारण पहिलो पटक रोकिएको थियोा। त्यस्तै मार्टिन लूथरको हत्या हुँदा १९६८ मा तथा प्रेसिडेन्ट रोनाल्ड रेगनको गोली हानी हत्या हुँदा १९९८१ मा पनि रोकिएको थियो।
" /> काठमाडौं। अभिनेना ऋतिक रोशन र अभिनेत्री आलिया भट्टसहित बलिउडका केही सिनेकर्मीलाई सिने क्षेत्रको प्रतिष्ठित एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड सान्सेस ओस्कार ले बोलाएको छ। एकेडेमीले आमन्त्रित सदस्यहरूको सूची सार्वजनिक गरेको छ। सदस्य स्वीकार गरेपछि उनीहरूलाई ९३ औं ओस्कर अवार्डमा भोटिङ गर्न आमन्त्रण गरेको हो।८१९ जना आमन्त्रित गरिएका व्यक्तिहरूमा डिजाइनर नीता लुल्ला, डकुमेन्ट्री चलचित्र निर्माता निष्ठा जैन तथा अमित मधेशिया, कास्टिङ डायरेक्टर नन्दिनी श्रीकान्त तथा टेस जोसेफ लगायत छन्।

">