"> विशालले भने– गिद्धहरू ! आफ्नै गीत बनाऊ: Dekhapadhi
विशालले भने– गिद्धहरू ! आफ्नै गीत बनाऊ
बलिउडमा पुराना क्लासिक गीतहरूलाई रिमिक्स गर्ने ‘ट्रेण्ड’ फेरि शुरु भएको छ।

गत वर्ष रिलिज भएको चलचित्र ‘सत्यमेव जयते’को लागि सुस्मिता सेनको हिट गीत ‘दिल्बर दिल्बर..’को रिमिक्समा नुरा फतेहीले काम गरेपछि यो ट्रेण्ड विस्तारै पुनः शुरु भएको थियो।

हालै नुराले नै ‘बाट्ला हाउस’ चलचित्रको लागि पुरानो ‘मुसाफिर’ चलचित्रको ‘साकी साकी...’ गीतको रिमेकमा काम गरिन्।

यो क्रम रोकिएको छैन। पुराना हिट डान्सिङ नम्बरहरूको रिमिक्स गर्ने क्रम जारी छ।

विशाल ददलानी र शेखर रवजियानीका गीत पनि रिमिक्स हुने चर्चा छ। तर, विशालले आफ्ना गीतहरू रिमिक्स गर्न खोज्नेलाई चेतावनी दिएका छन्।

विशाल र शेखरले थुप्रै हिट गीतहरूको सिर्जना गरेका छन्। त्यसैले उनले स्पष्ट रूपमा यदि कुनै साथी या कसैले उनीहरूको गीतहरू रिमिक्स गर्न खोजे सीधै अदालत पुग्ने लेखेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘चेतावनीः यदि कसैले विशाल र शेखरका गीतहरूको रिमिक्स गर्न खोज्छ भने उसलाई मुद्दा चलाउँछु। ती फिल्म र संगीतकारविरुद्ध अदालत पुग्नेछु। साकी साकी पछि ‘दश बहाने..’, ‘दिदार दे..’, ‘सजना जी वारी वारी...’, ‘देशी गर्ल..’ र अन्य थुप्रै गीतहरू रिमिक्स गर्ने मैले सुनेको छु। गिद्धहरू ! आफ्नै गीत बनाऊ।’

विशालको यो पोस्टको क्याप्सनमा समेत चेतावनी दिइएको छ। लेखिएको छ, – ‘विशाल र शेखरका चिन्हहरू हाम्रो इजाजत बिना प्रयोग नगर्नुस्। यदि गरेको पाइएमा म कानुनी रूपमा आउनेछु। विशेष गरी संगीतकारहरू यस्तो गर्दैछन्।’

प्रतिक्रिया दिनुहोस्