रेखा थापाको प्रश्न, "कहाँ छन् नेपाल बनाउने मस्तिष्क?"
<p>काठमाडौं। अभिनेत्री रेखा थापाले अहिलेको मानसिकताले देश कहिल्यै नबन्‍ने बताएकी छन्।</p>
<p>सामाजिक सञ्‍जालमार्फत समसामयिक घटनामाथि प्रहार गर्दै आएकी अभिनेत्री थापाले सबैतिर आफ्नो स्थान ओगटेर सुरक्षित हुनेहरूको सिण्डिकेट रहेको बताउँदै यस्तो मानसिकताले देश कहिल्यै नबन्‍ने बताएकी हुन्। </p>
<p>बदलिएको व्यवस्था नबदलिएको चरित्र र अवस्थाका विषयमा टिप्पणी गर्दै उनले लेखेकी छन्, "खै कहाँ छन् नेपाल बनाउने मस्तिष्क? काममा होइन वादविवाद प्रतियोगितामा छ यो देश। यहाँ सबैतिर आफ्नो स्थान ओगटेर सुरक्षित हुनेको सिन्डिकेट छ!"</p>
प्रतिक्रिया दिनुहोस्
