मोतीराजको दोस्रो म्युजिक भिडिओ सार्वजनिक
धरान। मोतिराज सुनुवारको दोस्रो पुर्वेली प्रस्तुती ‘बाटोमा भेट भयो’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।

हिजो प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भिडिओ सार्वजनिक गरे।

भण्डारीले गीतको सफलताको शुभकामना दिएका छन्।

धरानबाट प्रकाशित औजार दैनिकका अध्यक्ष रहेका सुनुवारको यो दोस्रो सांगितिक कोसेली हो।

गीतमा सुनुवारलाई गायिका गोमा कुलुङले साथ दिएकी छन्।

कोरसमा गायिका प्रिया लामा, बिनु राई, रणध्वज लोहार, दिपेश राईको साथ छ।

म्युजिक भिडिओमा सविना भट्टराई, मणि राई र दिपिका सुनुवार लिम्बुले नृत्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस्