काठमाडौं। नेपालमा मल्टीप्लेक्स सिनेमाघरहरू बढ्दैछन्।
नेपाली सिनेमाले करोडौं कमाउन थालेका छन्। तर, पनि सिनेकर्मी बेलाबेलामा ‘नेपाली सिनेमा हेर्ने दर्शक नबढेको’ गुनासो गर्छन्।
नेपाली चलचित्र स्वर्णिम महोत्सवका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यही विषय कोट्याए।
उनले नेपाली सिनेमा पहिले पनि २ प्रतिशतले हेर्थे, अहिले पनि त्यतिले नै हेर्ने उल्लेख गर्दै नेपाली सिनेमाको दर्शक नै बढाउन नसकेको बताए।
“प्रदेश २ मा पुग्दा थाहा भयो कि सिनेमामा त उनीहरूको भाषा, कला संस्कृति नै ल्याएका रहेनछौं,” उनले भने, “त्यसैले महोत्सवमार्फत् हामी उनीहरूको कला संस्कृति बुझ्ने कोसिस गर्ने छौं।’
चलचित्रको माध्यमबाट भाषा, कला, साहित्य र संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवद्र्धन गर्न पहिलो नेपाली चलचित्र स्वर्णिम महोत्सव गर्न लागिएको छ। काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघमा आज पत्रकार सम्मेलन गर्दै नेपाल चलचित्र निर्माता संघले महोत्सवको जानकारी दिएको हो।
‘तराई, पहाड, हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव’ नारासहित प्रदेश २ को औद्योगिक एवं व्यापारिक नगरी वीरगन्जमा २१ देखि २३ कात्तिकमा महोत्सव आयोजना हुने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए।
नेपालमा उत्पादनशील उद्योगका रूपमा सिमेन्ट र डण्डीका कारखाना मात्रै सोचिने भए पनि नेपाली चलचित्र उद्योग क्षेत्र पनि आर्थिक रूपमा चलायमान रहने क्षेत्र रहेको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्। “चलचित्रको माध्यमबाट पर्यटनको विकास गर्न सकिन्छ, नेपाललाई सुटिङ डेस्टिनेशनको रूपमा तयार पार्न चाहन्छौं,” राणाले भनिन्।
तीन दिनसम्म सञ्चालन हुने चलचित्र महोत्सवमा स्वदेशका १०० भन्दा बढी चिरपरिचित चलचित्रकर्मीहरूको सहभागिता रहेनेछ। साथै बलिउडबाट पनि कलाकर्मीहरू, चलचित्र उद्योगका ख्यातिप्राप्त कलाकार, चलचित्र लेखकहरूको पनि सहभागिता रहने चलचित्र महोत्सवको प्रचारप्रसार विहारका महत्त्वपूर्ण शहरहरूमा गर्ने तयारी छ।
यसले भम्रण वर्ष २०२० का प्रचारप्रसारमा समेत सहयोग पुग्ने आयोजकले जनाएको छ। महोत्सवको राष्ट्रियस्तरका टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
" /> काठमाडौं। नेपालमा मल्टीप्लेक्स सिनेमाघरहरू बढ्दैछन्।नेपाली सिनेमाले करोडौं कमाउन थालेका छन्। तर, पनि सिनेकर्मी बेलाबेलामा ‘नेपाली सिनेमा हेर्ने दर्शक नबढेको’ गुनासो गर्छन्।

">