‘सक्किगोनि’ को टीमविरुद्ध मिडिया हबकाे उजुरी

काठमाडाैं। हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टीमविरुद्ध मिडिया हबले ३ कात्तिकमा महानगरीय प्रहरी परिसर टेकुमा 'कपिराइट' (प्रतिलिपि अधिकार)को उजुरी हालेको छ।

हबका प्रमुख सोम धितालले 'सक्किगोनि' का कुमार कट्टेल 'जिग्री', अर्जुन घिमिरे 'पाँडे'लगायतका केही कलाकारले आफ्नो 'कपिराइट' भएको 'भद्रगोल" सिरियलको पात्रको प्रयोग अनुमतिबिना गरेको आरोप लगाउँदै उजुरी दिएका हुन्।

यसबारे कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे'ले आफ्नो सामाजिक सञ्जालमा `यही देश मा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने, उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस !!´ भनेर लेखेका छन्। उनीहरूको स्ट्याटसमा दर्शकले चिन्ता नलिन अनुरोध गरेका छन्।

टेकुका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले मिडिया हबले कपिराइटको उजुरी दिएको र त्यसको बारेमा अनुसन्धान शुरु गरेको जानकारी दिए।

उनका अनुसार थप छलफलका लागि भने दुवै पक्षलाई ८ कात्तिकमा बोलाइएको छ ।

केही समय अघि मिडिया हबले 'भद्रगोल' टेलिश्रृंखला निर्माण गरेको पारिश्रमिक नदिएको भन्दै कट्टेल र घिमिरेसहितकाे टाेली त्यहाँबाट छुट्टिएकाे थियाे। लगत्तै उनीहरूले 'सक्किगोनि' टेलिश्रृंखला निर्माण गरे।

अहिले पनि भद्रगोल प्रशारण भइरहेको छ। पुराना कलाकार नभएपछि भद्रगाेलले दर्शककाे माया पाउन छाडेकाे छ। पहिले जस्तो लोकप्रिय छैन।

तर, शुरु भएको केही समयमै सक्किगोनिले भने लोकप्रियता हासिल गर्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्