काठमाडौं । रंगमञ्चको विधा अन्तर्गत ‘पपेट थिएटर’ पनि पर्छ । विशेषगरी बालबालिकाको लागि यूरोपमा निकै प्रचलित ‘पपेट थिएटर’ एशियाका धेरै मुलुकमा पनि उत्तिकै प्रचलित छ । एशियाली केही मुलुकको मौलिक ‘पपेट’ नै छ ।
एशियाली पपेटलाई फैलाउने क्रममा इरिना सजीको जापानी समूह नेपाल आएको छ । समूहले कीर्तिपुर राराहिलस्थित थिएटर मलमा पपेट थिएटरको कार्यशाला शुरु गरेको छ ।
जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले ‘थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल’, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना गरेको हो । कार्यशालामा १५ नेपाली रंगकर्मी र १० स्कूले बालबालिका सहभागी छन् ।
.jpg)
जापानकी अनुभवी पपेटियर तथा निर्देशक इरिना सजीले कार्यशालाको नेतृत्व गरेकी छन् । उनी उटरभिजन पर्फमेन्स कम्पनी जापानकी कला निर्देशकसमेत हुन् । उनको जापानी समूहका एरी तोमोई, इजावा रेई र मियामोतोले कार्यशाला सञ्चालनमा सहयोग गरिरहेका छन् ।
नेपालमा पपेट थिएटरको चलन नभएको थाहा पाएर नेपालमा कार्यशालाका लागि सहकार्य गरिएको जापानी निर्देशक इरिना सजीले बताइन् । उनले भनिन्, “एशियामा पनि पपेट थिएटरको लामो इतिहास छ, कुनै साँस्कृतिक रुपमा त कुनै थिएटरका रुपमा यहाँ प्रचलित छन् ।” एशियामा आफ्नै खालका पपेट प्रस्तुतिहरु भएको उनको भनाइ छ ।
कार्यशालामा पपेट थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पपेट थिएटर तथा पपेट थिएटरको समुदायसँगको सम्बन्धबारे छलफल गर्दै पपेट निर्माण, पपेटको व्यवस्थित सञ्चालन, त्यसबाट कथावाचन र पपेट थिएटर प्रस्तुति निर्माणमा सहभागीले अभ्यास गर्नेछन् ।
.jpg)
दशैं र तिहारको बीचमा काठमाडौंका नाटकघरहरु लगभग बिदामा हुने समयमा यो पटक थिएटर मलमा कार्यशाला राखिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए । उनले भने, “नेपालमा पपेट थिएटरको खास प्रचलन छैन, हामीले थिएटरको एउटा विधा पपेटलाई थिएटरमा ल्याउने प्रयास गरेका हौं ।”
सहभागीहरुले कार्यशालाको अन्तिम दिन पपेट थिएटर शो गर्नेछन् । सहभागी बालबालिका र रंगकर्मीले छुट्टाछुट्टै पपेट प्रस्तुति दिनेछन् । त्यसको लागि अहिले समूहमा कथा छनोटको प्रक्रिया पनि भइरहेको छ ।
कार्यशालको फाइनल शो ७ कात्तिक दिउँसो ३ बजे थिएटर मल कीर्तिपुरमा हुनेछ ।
.jpg)
" /> काठमाडौं । रंगमञ्चको विधा अन्तर्गत ‘पपेट थिएटर’ पनि पर्छ । विशेषगरी बालबालिकाको लागि यूरोपमा निकै प्रचलित ‘पपेट थिएटर’ एशियाका धेरै मुलुकमा पनि उत्तिकै प्रचलित छ । एशियाली केही मुलुकको मौलिक ‘पपेट’ नै छ ।

">