‘घामड शेरे’ र ‘सरौतो’को ट्रेलर सार्वजनिक
‘घामड शेरे’ चलचित्रको ट्रेलरमा निश्चल बस्नेत खोलालाई मुुद्दा हाल्ने तयारीमा देखिन्छन्।

८ कात्तिकमा रिलिज मिति तोकिएको ‘घामड शेरे’को २७ कात्तिकमा ट्रेलर सार्वजनिक भएको हो।

ट्रेलरमा तरकारी खेती गरेर जीवन निर्वाह गर्ने सोचसहित स्वदेश फर्केका निश्चल जग्गा दलालको फन्दामा फस्छन्।

विदेशिनुको पीडा र जग्गा विवादको कथा वरिपरि घुमेको छ, ‘घामड शेरे’।

महेश बरालको निर्देशन रहेको चलचित्रमा निश्चलका साथै स्वस्तिमा खड्का, सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल बिसीलगायत कलाकारको अभिनय छ।

यस्तै चलचित्र ‘सरौतो’को ट्रेलर आज सार्वजनिक भएको छ।

२२ कात्तिकबाट प्रदर्शनमा आउने भनिएको यस चलचित्रमा सुमी मोक्तान र सन्नी सिंहलगायत लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्