साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण
<p>आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे।</p>
<p>त्यस अवसरमा उपाध्यक्ष अलखुदारीले साउदी अरेबियाको परममित्र नेपाललाई दुःख परेका बेला सघाउनु आफ्नो कर्तव्य भएको बताउँदै नेपाल सरकारको पुनः निर्माणको प्रयासमा थोरै भए पनि सघाउन पाएकाेमा खुशी व्यक्त गरे। उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यातक मुलुकहरूको सदस्यका रूपमा पनि साउदी अधिराज्यले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।</p>
<p>सचिव खनालले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता उक्त राष्ट्रले जलविद्युत् र सिँचाइका क्षेत्रमा लगानी गर्दै आएको चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गरे।</p>
प्रतिक्रिया दिनुहोस्
