नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड रासस। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ। आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५मा पुगेको छ। यस्तै,ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६बिन्दुले बढेर ५९२.९३मा पुगेको छ। कूल २२७कम्पनीको दुईकरोड ८६लाख १७हजार ८०५कित्ता शेयर रु १५अर्ब ९३करोड आठलाख ९७हजार ९३८मूल्यमा खरिद बिक्री भए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्