सिन्धुपाल्चोकमा बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै रासस। सिन्धुपाल्चोकमा गत असार१ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा छन्। यसै क्रममा हेलम्बु गाउँपालिका ४ र मेलम्ची नगरपालिका–७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ। गत असार १गतेकै बाढीले क्षति पुर्‍याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्