कोभिडपछिको पुनोरुत्थानमा सहयोग पुग्छ – गोल्छा काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एंव मझौला उद्योगको विस्तारमा ध्यान दिएको बताएका छन्। महासंघले आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले सकरात्मक मौद्रिक नीति आएको बताएका हुन्। मौद्रिक नीति सिधै नगद दिन खालको नभएपनि सुधारमा सहयोगी रहेको गोल्छाको भनाई छ।यसबाट कोभिडबाट प्रभावित बनेका उद्योग व्यवसाय उठ्न मद्धत पुग्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्