मौद्रिक नीतिले समेटेन ठूला उद्योगी/व्यवसायीलाई काठमाडौं। नेपाल उद्योग परिसंघले चालू आर्थिक वर्षको मौद्रिक नीतिले ठूला उद्योगी/व्यवसायीलाई सम्बोधन गर्न नसकेको बताएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले साना तथा मझौला उद्योग/व्यवसायलाई भने समेटेको छ। मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायको पुनरोत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिनेछ। पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरोत्थानका लागि सहयोग गर्ने परिसंघले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्