अब तीन वर्षसम्म नोक्सानीमा रहेका संस्थालाई मात्र सूक्ष्म निगरानी काठमाडौं। नेपाल राष्ट्र बैंकले अबदेखि तीन वर्षसम्म लगातार खुद नोक्सानीमा रहेका संस्थालाई सूक्ष्म निगरानी गर्ने भएको छ। आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसअघि, लगातार २ वर्षसम्म खुद नोक्सानीमा रहेका ऋणी फर्म, कम्पनी वा संस्थालाई सूक्ष्म निगरानी गर्दै आएको थियो। व्यवसायीहरूले निरन्तर यो विषय सम्बोधन हुनुपर्ने बताए पनि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्