कोभिड प्रभावित व्यवसायलाई दिइने पुन: कर्जा निरन्तर काठमाडौं। चालू आर्थिक वर्षमा पनि कोभिड–१९ महामारीबाट प्रभावित व्यवसायीले पुनः कर्जा पाउने भएका छ। आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पुनः कर्जा निरन्तर हुने बताएको हो। मौद्रिक नीतिमा भनिएको छ, ‘गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुनः कर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनः कर्जा सुविधा उपलब्ध हुनेछ।’ पुनः कर्जा उपलब्ध गराउँदा साना तथा मझौला उद्योगरव्यवसायलाई प्राथमिकतामा राखिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्