पर्यटन उद्योगमा आश्रित मुलुकको आर्थिक पुनःउत्थानमा समस्या: गभर्नर अधिकारी काठमाडौं। कोभिड–१९ महामारीपछि विश्वका धेरै देशको अर्थतन्त्र पुनःउत्थान भइरहेको राष्ट्र बैंकले बताएको छ। महामारीपछि विश्वभर खोप लगाउन थालिएको र यही कारण अर्थतन्त्र तीव्र पुनःउत्थातर्फ गइरहेको राष्ट्र बैंकले बताएको हो। आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले विश्वको अर्थतन्त्र तीव्र पुनःउत्थान भइरहेको बताए। यद्यपि, खोपको उपलब्धता नभएका र पर्यटन उद्योगमा आश्रित अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्र पुनःउत्थानमा भने समस्या देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्