कोभिडको समयमा उल्लेख्य बढ्यो विद्युतीय भुक्तानी काठमाडौं। कोभिड–१९ महामारीको समयमा विद्युतीय माध्यमबाट हुने भुक्तानी उल्लेख्य रुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले बताएअनुसार भुक्तानीको माध्यममा विद्युतीय भुक्तानीको प्रयोग अत्यधिक रूपमा बढेको हो। राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा प्रोत्साहन गर्नुका साथै संक्रमणको समयमा नगदरहित भुक्तानीमा जोड दिनुपर्दा विद्युतीय भुक्तानी बढेको केन्द्रीय बैंकको आङ्कलन छ। जसअनुसार हाल खुद्रा पसल, डिपार्टमेन्ट स्टोर र पुँजी बजारमा समेत यसको प्रयोग बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्