१० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गरिदेउः एनआरएनए काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तको प्रतिनिधिमण्डलले आज उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेलसँग भेट गरेको छ।भेटमा अध्यक्ष पन्तले नेपाल विकास कोषमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गर्न आग्रह गरेको एनआरएनएले जनाएको छ।उक्त कोषमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी रहने छ। कोषलाई बृहत्तर रुपमा अघि बढाउन सरकारसँगको सहकार्य आवश्यक रहेको उनले बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्