सरकारले आर्थिक तथ्यांक तोडमोड गरेको पूर्व अर्थमन्त्री पौडेलको आरोप काठमाडौं। निवर्तमान ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले श्वेतपत्रमा अर्थतन्त्रको सूचांक तोडमोड गरेको आरोप लगाएका छन्। उनले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै श्वेतपत्रले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभई अघिल्लो सरकारको तथ्यहीन आलोचना गरिएको बताए। भने, “श्वेतपत्रले अर्थतन्त्रका वर्तमान चित्र नभई अघिल्लो सरकारको आलोचना गरिएको छ।” यस्तै, उनले तथ्यांकको गलत प्रयोग वा तोडमरोड गर्न नहुने समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्