सेयर बजारमा बन्यो अर्को कीर्तिमान काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले नयाँ कीर्तिमान बनाएको छ। आज १६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३१ सय ७९ अंकमा पुगेर रोकिएको छ। यसअघि यो बिन्दुमा नेप्से पुगेको थिएन। आज नेप्सेमा १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, आज तीन करोड ६६ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्