अध्यादेश बजेटले खुम्च्याएको अधिकार प्रतिस्थापन विधेयकले सच्याउने काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार अध्यादेश बजेटले संकुचित गरेको भए प्रतिस्थापन विधेयकले सच्याउने बताएका छन्। आफूले प्रस्तुत गरेको श्वेतपत्रको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘अध्यादेश बजेटमा प्रदेश र स्थानीय तहको अधिकार संकुचित हुने खालका कार्यक्रम भेटिए सुधार गरिने छ। उनले केही योजनामा नीतिगत समस्या हुँदा संघ र प्रदेशबीच दुबिधा हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्