नयाँ बजेट ल्याउनुहोस् तर पहिलेको भन्दा राम्रो र सबैले मन पराउने हुनुपर्छ: पूर्व अर्थमन्त्री पौडेल काठमाडौं। पूर्व अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गर्दै प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने भए पहिले भन्दा राम्रो र लोकप्रिय ल्याउन चुनौती दिएका छन्। वर्तमान अर्थमन्त्री जनार्दन शर्माले २६ साउनमा देशको यथार्थ आर्थिक अवस्था प्रस्तुत गर्दै अर्को बजेट ल्याउने घोषणा गरेका थिए। बिहीबार प्रतिनिधिसभामा बोल्दै पौडेलले आउने बजेट कोभिडको चुनौती सामना गर्ने, राहत र पुनर्स्थापनासहितको हुनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्