उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड काठमाडौं। नेपाल उद्योग परिसंघले अब नेपालले उत्पादनमूलक अर्थतन्त्रमा जोड दिनुपर्ने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा अर्थतन्त्रको स्वेतपत्र सार्वजनिक गरेपछि परिसंघले यस्तो बताएको हो। परिसंघले भनेको छ, “सरकारले नै अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान न्यून रहेको बताएको छ। त्यसैले अब अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको स्तर सुधार्नुपर्छ।” सरकारले कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान जम्मा ५.१ प्रतिशत रहेको बताएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्