नेपालमै भ्याक्सिन उत्पादन गर्ने उद्योगलाई छुटैछुट काठमाडौं। सरकारले नेपालमा भ्याक्सिन उत्पादन गर्न चाहने उद्योगलाई छुटैछुट दिने व्यवस्था गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्ता उद्योगलाई बेस रेटमा ऋण,ब्याज पूँजीकरण सुविधा,परियोजनामा आधारित कर्जा र विशेष पुर्नकर्जाको दरमा सहुलियतपूर्ण कर्जा तथा कर्जा नवीकरण सुविधा उपलब्ध गराउने भएको छ। यस्तै,खोप उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो पाँच वर्षसम्म विद्युत डिमाण्ड शूल्क छुट दिने व्यवस्था पनि गरेको सरकारले छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्