नाडाको ४५औं वार्षिक साधारण सभा स्थगित काठमाडौं। नाडा अटोमोबाइल्सको ४५औं वार्षिक साधारण सभा स्थगित भएको छ। नाडाको केन्द्रीय कार्यसमितिको १३औं बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि नाडाको ४५औं साधारणसभा तथा २१औं निर्वाचन यही भदौ २५गते होटल सोल्टीमा हुने भनिएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सभा सम्मेलन नगर्न भनेपछि नाडाले साधारण सभा र निर्वाचन स्थगित गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्