काठमाडौंको तनुज ईन्टरनेशनलबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँ बरामद काठमाडौं।नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ।सो रकमसहित प्रहरीले काठमाडौं–१३ ताहचल बस्ने तरुण अग्रवाललगायत ४ जनालाई पक्राउ गरेको छ।तनुज ईन्टरनेशनलमा अवैध रकम राखेको भन्ने सूचनाको आधारमा छापा मार्दा रकम भेटिएको प्रहरीले बताएको छ। हानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी लिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्