प्राधिकरणमा घिसिङ आएपछि शाक्यलाई सरकारले कहाँ पठायो ? काठमाडौं। सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा पठाएको छ। करिब ११ महिनापछि दोस्रो कार्यकालका लागि कुलमान घिसिङ निर्देशकमा आएपछि शाक्यलाई आयोगमा पठाइएको हो। उर्जा आयोगमा विशिष्ठ श्रेणी पद सृजना गरेर प्राधिकरणमा शाक्यले खाईपाई आएको सेवासुविधा नघट्ने गरी सरकारले आयोगमा लैजान लागेको हो। शाक्यले यसअघि प्राधिकरणबाट सरकारले आफूलाई हटाए हट्ने तर अन्याय नगर्न चेतावनी दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्