११ महिनापछि प्राधिकरणमा फेरि कुलमानको इन्ट्री काठमाडौं।१८ घन्टे लामो लोडसेडिङबाट नेपालीलाई छुटकारा दिलाउने कुलमान घिसिङ करिब ११ महिनापछि विद्युत प्राधिकरणको नेतृत्वमा आइपुगेका छन्। घिसिङ २०७७ साल भदौ ३१ गते चार वर्षे कायकाल सकेर प्राधिकरणबाट विदा भएका थिए।त्यसपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालको माघमा प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। अहिले शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेपछि घिसिङ फेरि प्राधिकरणमा आएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्