विद्युत प्राधिकरणको निर्देशकमा पुनः कुलमान घिसिङ काठमाडौं।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पुनः प्राधिकरणको निर्देशकमा नियुक्त गरेको हो।यसअघि उनी चार वर्षे कार्यकाल सकेर २०७७ साल भदौमा प्राधिकरणबाट विदा भएका थिए। निर्वतमान ओली सरकारले फेरि उनलाई नै नियुक्त गर्ने चर्चा चलेपनि अन्तिममा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको निर्देशकमा नियुक्त गरिएको थियो। घिसिङलाई आजै उर्जा मन्त्रालयले नियुक्ति पत्र दिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्