रेमिट्यान्सको ७० प्रतिशत रकम उपभोगमै खर्च काठमाडौं। नेपालले हरेक वर्ष खर्बौँ रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याउँदै आएको छ। वैदेशिक रोजगारीमा गएका ठूलो संख्याका नेपाली कामदारले उक्त रमेट्यिान्स भित्र्याउँदै आएका छन्। गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले ८ खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ। तर, आज सरकारले सार्वजनिक गरेको श्वेतपत्रले विदेशबाट भित्रिने रमेट्यिान्सको ७० प्रतिशत रकम उपभोग्य वस्तुमै खर्च हुने देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्