अर्थमन्त्रीका शर्माले अनुसार यी हुन नेपाली अर्थतन्त्रमा देखिएको समस्या काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा लामो समयदेखि देखिँदै आएको समस्या खुलाएका छन्। उनले कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान खुम्चिँदै जानु अर्थतन्त्रको मूख्य समस्या भएको बताएका छन्। यस्तै, उद्योगभन्दा व्यापारमुखी लगानी, उद्योगमा बाह्य र आन्तरिक लगानीको अभाव जस्ता समस्या रहेको उनको भनाई छ। सँगै उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमीलगायत मुख्य समस्या रहेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्