१९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले नयाँ कीर्तिमान कायम गर्दा १९ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। आज ११ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट लागेको छ। यस्तै, अन्य ८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको नेप्सेले जानकारी दिएको छ। आज समग्रमा १३७ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्