साढे ३१ सय अंकमाथि पुग्यो नेप्से परिसूचक काठमाडौं। आज मंगलबार एकै दिन ५१.९७ अंकले बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ सय ६१ अंकमा पुगेको छ। यो नेप्से परिसूचक अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको हो। आज १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, आज तीन करोड ३५ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्