कर नबुझाउने ४० करदाताको जग्गा र बैंक खाता रोक्का काठमाडौं।लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ।दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानुनी कारवाहीस्वरूप कारोबार,बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए।मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्