संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकरात्मक: महासंघ काठमाडौं। संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ। सरकारले खोपको वितरण, उत्पादनमुलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन गर्ने नीति लिनु सकारात्मक भएको महासंघले बताएको छ। विज्ञप्ति जारी गर्दै महासंघले यस्तो बताएको हो। यस्तै कार्यक्रमले साना मझौला उद्यमको प्रवर्द्धन र आर्थिक क्षेत्र सम्बद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासंघको ठहर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्