मैलुङ खोलाको आईपीओ बाँडफाँड, ६ जनालाई ११ कित्ता काठमाडौं।मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर(आईपीओ)बाँडफाँड भएको छ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बाँडफाँड गरेको हो।आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएमध्ये दुई हजार ८४३ जनाको आवेदन रद्द भएको छ।बाँकी २० लाख ६५हजार १२४जनामध्ये ६८ हजार ४७४ जनाले १०कित्ताका दरले आईपीओ पाएका हुन्।यस्तै ६ जनाले भने थप एक कित्ता अर्थात ११ कित्ताका दरले आईपीओ पाएको कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्