सारी–धोतीको आयातमा करिब ८ गुणाले वृद्धि, २ अर्ब ४० करोडभन्दा बढीको सारी–धोती नेपाल भित्रियो काठमाडौं।एक वर्षमा नेपालमा सारी र धोतीको आयात करिब ८ गुणाले वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४० करोड ६४ लाख १६ हजार रुपैयाँको सारी–धोती भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७मा ३० करोड २८ लाख १३हजार रुपैयाँको सारी–धोती नेपाल भित्रिएको थियो।गत वर्ष विभिन्न देशबाट नेपालले ७० लाख १५ हजार २८४ थान सारी–धोती आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्