आज सुनचाँदीको मूल्यमा गिरावट काठमाडौं। नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार आज बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको महासंघले जानकारी गरायो। यसैक्रममा आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायमा भएको छ। यसैगरी आज प्रतितोला २५ रुपैयाँले घटेको चाँदीको मूल्य एक हजार २१५ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्