एचआईडिसीएलको हकप्रदमा अवेदन दिने मिति थपियो काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने मिति थप गरेको छ। प्रतिकित्ता १००रुपैयाँको दरले ११ करोड कित्ता हकप्रद सेयरमा भदौ ८गतेसम्म आवेदन मिति थप गरिएको हो। जेठ२७गतेसम्म नेप्सेमा कारोबार भएका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्