बंगलादेशसँगको व्यापार घाटा दुई गुना बढ्यो, पुग्यो १० अर्बभन्दा बढी काठमाडौं। एक वर्षको अवधिमा बंगलादेशसँग नेपालको व्यापार घाटा दुई गुनाभन्दा बढीले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७÷७८मा नेपालको बंगलादेशसँग व्यापार घाटा १०अर्ब३लाख३४हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो घाटा ४अर्ब३३करोड७२लाख४० हजार रुपैयाँ रहेको थियो। गत वर्ष बंगलादेशबाट नेपालमा १०अर्ब६७करोड४४लाख१४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट बंगलादेश मात्र ६७करोड४०लाख८०हजार रुपैयाँको वस्तु गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्