विभिन्न कसूरमा २७७ जना विदेशीलाई निष्काशन गरियो काठमाडौं। सरकारले एक वर्षको अवधिमा विभिन्न कसूरमा २७७ जना विदेशीलाई देशबाट निष्काशन गरेको छ। गत आर्थिक वर्ष २०७७/७८मा उनीहरुलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको हो। निष्काशन हुनेमा सबैभन्दा बढी ओभर स्टे(भीसा सकिएपछि पनि बस्ने)गर्ने २३२ जना छन्। आगूऔषध कारोबारको आरोपमा ८ जनालाई निष्काशन गरिएको छ। आन्दोलनमा सहभागी भएको आरोपमा ४ जना निष्काशीत भएका छन्। बाँकीलाई अन्य कारणले निष्कासन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्