प्रहरीले उठायो करिब ३ अर्ब राजस्व, राजस्व संकलनमा ३३.६१ प्रतिशतले वृद्धि काठमाडौं। नेपाल प्रहरीले गत आर्थिक वर्ष २०७७/७८मा कुल २अर्ब ९०करोड ९७लाख१३हजार९२३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीले संकलन गरेको सो रकम अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ३३.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष प्रहरीले २अर्ब१७करोड७६लाख४२हजार३५४ रुपैयाँ राजस्व संकलन गरेको थियो। अवैध सुन–चाँदी बरामद, भिओआइपी, अवैधमुद्रा बरामद, अवैध सामान बरामद, काठ, अदालती फैसला र ट्राफिक कारवाहीबाट प्रहरीले राजस्व संकलन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्